जाडो काट्न समैस्या समस्या !



लक्ष्मी कुमार साह, महोत्तरी । महोत्तरीमा विगत तिन दिनदेखि चिसो बढेपछि अति विपन्न, गरिव, असहाय तथा विपन्न वर्गका मुसहरहरु लगायत अन्यहरुलाई जाडो काट्न समस्या परेको छ । तराई लगायत महोत्तरी जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुमा एक्कासी मौसममा आएको परिवर्तनले गर्दा यहाँका स्थानियहरुमा जाडो काट्न मुस्किलको स्थिति सृजना भएको छ । विगत तीन चारदिन पहिले घाम लाग्दा उनिहरुको स्थिति सामान्य देखिएको थियो भने एक्कासी मौसममा परिवर्तन लगायत चिसो बढेसँगै जनजिवन कष्टकर बनेको छ ।
खासगरेर दलित समुदाय, अति विपन्न परिवार, गरिव, असहाय तथा विपन्न वर्गका मुसहरहरुको आर्थिक स्थिति एकदमै दयनिय भएको कारण जाडो काट्नका लागि आवश्यक ज्याकेट, स्वीटर लगायत ऊनी कपडाहरु खरिद गर्न समेत नसकिरहेको अवस्थामा उनिहरुले आफ्ना आफन्त लगायत ईष्टमित्रहरुसँग सापटी लिई बाध्यवश जाडोबाट बच्नका लागि न्यानो कपडाहरु फुटपाथमा विक्री गर्ने व्यक्तिहरुबाट खरिद गरिरहेको अवस्था छ ।
खासगरेर फुटपाथमा राखिएका कपडाहरु सस्तोमा उपलब्ध हुने भएकोले उनिहरुले खरिद गरि जाडो काटिरहेका छन् भने बजारमा पहिलेका तुलनामा दाउरा पनि सहज मात्रामा उपलब्ध नहुनाले उनिहरुलाई एकदमै समस्या परेको छ । चिसो बढेसंगै बजार तथा ग्रामिणवस्तीहरुमा चहलपहलमा समेत कमि देखिएको छ ।
महोत्तरीस्थित जलेश्वरका सडकमा फुटपाथमा बेच्ने सुशिल साहका अनुसार जाडोको लागि आवश्यक ज्याकेट, स्वीटर, ऊनी कपडाहरुको मूल्य पनि अघिल्लो बर्षको तलुनामा यस बर्ष ह्वात्तै बढेको पश्चात पनि हामीहरु कम नाफा लिई बेचिरहेकी बताईन् । साथै चिसो बढेपछि पहिलेका तुलनामा अहिले न्यानो लुगा किनमेल गर्नेहरुको भिड बढेको समेत थपिन् ।
जलेश्वर १ का ३८ वर्षीया एकल महिला हिरा देवी राउत जेनतेन अरुका सहारा तथा आफन्तहरुबाट पैसा माँगी घर परिवार चलाईरहेकी छिन् । उनकी परिवार जहानमा दुई छोरा र एक छोरी छिन् । विगत एक वर्ष पहिले चिसोकै कारण उनका श्रीमान् संजय राउतको मृत्यु भएको थियो । उनी भन्छिन्– श्रीमान हुँदा गरिव भए पनि जेनतेन आफ्नो परिवार खुसीका साथ बितिरहेका थिए । तर मृत्यु पश्चात उनलाई परिवार चलाउन समेत धौ धौ परिरहेकी छिन् । उनी अब अरुको सहारामै आफ्नो जिवन काट्न बाध्य भएकी छिन् । विगतमा आएको बाढीले उनका घर समेत क्षति भएको थियो । तर एक्कासी चिसो बढेपछि आफू घरबाट बाहिर समेत ननिस्किरहेको अवस्था भएको थपिन् ।
यता चिसोकै कारण मनरासिस्वा नगरपालिकामा चार वटा बाख्राबाख्री मरेको ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता सिया राघोशरणले बताए । साथै उनले एक्कासी यसरी बाख्राबाख्री चिसोका कारणले मर्नुले यस भेगमा पशु पाल्नेहरुलाई समेत समस्या भएकोले सम्बन्धित निकायलाई यसतर्फ ध्यान दिन जरुरी भएको बताए ।
यता जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरका प्रमुख राजिव झाले चिसोको विरामीहरुको चाप अहिले बढेको बताउदै सवै भन्दा बढी नवजात शिशुको साथसाथै नाबालिक बालबालिका लगायत बृद्ध बृद्धाहरु प्रभावित भएको जानकारी गराए ।
स्वास प्रस्वासमा समस्या, निमोनिया, कोल्ड डायरिया, सर्दी जुकाम, भाईरल ज्वरोका रोगिहरु बढी उपचार गराउनको निमित् अस्पतालमा आउने गरेको बताए । साथै उनले यसवाट बचनको लागि तातो खाना खानुको साथै न्यानो कपडा लगाउनुपर्ने र समस्या आए अस्पतालमा गएर उपचार गराउन सुझाव समेत दिए ।
प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले जाडोबाट राहत पाउनको लागि ठाउँ ठाउमा दाउराको व्यवस्थापन गर्नको लागि सम्बिन्धित निकायहरुलाई समेत निर्देशन दिई तत्काल व्यवस्था गर्न लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्