अब ठुला रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता



नेपाल समाचारपत्र, काठमाण्डौ ।

सरकारले ठुला रोगका बिरामीलाई मासिक भत्ता दिने भएको छ । तीन ठूला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गर्ने सरकारले जनाएको छ । मृगौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालासिस भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने स्वस्थ्य मन्त्रालयले निर्णय गरेको हो ।

बिरामीको जीवनयापनलाई सहज बनाउनको लागि प्रतिव्यक्ति पाँच हजारको दरले जीविकोपार्जन भत्ता दिने तयारी गरेको स्वास्थ्यमन्त्री दीपक बोहराको भनाई छ । जटिल रोग लागेको बिरामीलाई जीवनयापनको लागि समस्या हुने भन्दै मन्त्रालयले जीवन निर्वाहको लागि भत्ताको व्यवस्था गर्न लागेको जनाइएको छ ।

मन्त्रालयको यो निर्णयलाई आगामी मन्त्रिपरिषदमा पेश गर्नेछ । मन्त्रिपरिषदबाट पारित भएको खण्डमा पिडितले राहात पाउने छन् । तर सरकारले गरिब परिचयपत्र वितरण गर्न ढिला गर्ने हो भने यो सेवा लिनेमा पनि विपन्नभन्दा सम्पन्न नागरिक बढी पर्ने देखिन्छ ।

मुटु,मृगौला,क्यान्सर,अल्जाइमर,पार्किन्सन्स,हेड इन्जुरी,स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी सरकारले हाल आठ रोगको निःशुल्क उपचारको व्यवस्था गरेको छ । सरकारी तथ्याङकअनुसार वि।सं। २०७० देखि वि।सं। २०७२र०७३ सम्म २८ हजार ६ सय ७ जनाले सेवा लिइसकेका छन् । २०७०र०७१ मा १० हजार ८ सय २८ जना, २०७१र०७२ मा ७ हजार ७ सय ४९ र २०७२र०७३ मा १० हजार ३ सय २० ले सेवा लिएको जनाइएको छ । क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ ।

यता, मृगौला बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोाण पहिला परीक्षणका लागि ५० हजार र प्रत्यारोपण पछि औषधि उपचारको लागि एक लाख सहयोग गर्दै आईरहेको छ । यो सेवा लिनेमा विपन्न भन्दा सम्पन्न नागरिक धेरै भएको सरकारी निकायकै गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्