भ्यालीमा आइइएलटीएस मक टेष्टको पचासौं हप्ता



काठमाडौँ । भ्याली ईन्टरनेशनल कन्सल्टेन्सी प्रा.लि. तथा भृकुटी इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी प्रा. लि. ले २०७४ मंसिर २९ गते शुक्रबार र २०७४ साल पौष १ गते शनिबार आइएलटिएस मक टेस्टको पचासौं हप्ता पुरा गरेको छ । आइएलटिएस तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर हरेक हप्ता को शुक्रबार र शनिबार सञ्चालन गरिरहेको आइएलटिएस मक टेस्ट विद्यार्थीहरुको तयारी तथा आवश्यक सुधारको लागि निकै नै उपयोगी रहेको विद्यार्थीहरुको प्रतिक्रिया छ । हरेक टेस्टको नतिजा विशेषज्ञको सुझाव सहित विद्यार्थीहरुलाई दिइने भएकोले आफ्ना लागि यस्तो टेस्ट अत्यन्तै प्रभावकारी तथा उपयोगी रहेको कुरा टेस्टमा सहभागी विद्यार्थीले बताएका छन । प्रत्येक शुक्रबार लिस्निङ, रिडिङ र राइटिङको र शनिबार स्पिकिङको परीक्षा ब्रिटिस काउन्सिल तथा क्याम्ब्रिज युनिभर्सीटीकै फरम्याट तथा स्टाण्डर्डमा सञ्चालन गरिरहेको टेस्ट डिपार्टमेन्टका प्रमुख देवेन्द्र कार्कीले जानकारी दिए । बिद्यार्थीहरुको उल्लेख्य सहभागिता तथा सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी आइएलटिएस मक टेस्टलाई भविष्यमा पनि निरन्तरता दिईरहने संस्थाले जानकारी दिएको छ । यि दुबै संस्थाहरुले आइएलटिएस तयारीका साथै उच्च शिक्षाका लागि अन्य मुलुकमा जान चाहने बिद्यार्थीहरुलाई आवश्यक शैक्षिक परामर्श पनि दिँदै आईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्