हारे शिक्षामन्त्री र राज्यमन्त्री



उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी पराजित भएका छन्। दुवै जनालाई वाम गठबन्धनका नेकपा एमालेका उम्मेदवारले हराएका हुन्। शिक्षामन्त्री श्रेष्ठलाई पदमा अर्यालले पराजित गर्नुभएको हो। शिक्षा राज्यमन्त्री अधिकारीलाई भने एमालेकै कृष्णभक्त पोखरेलले हराउनुभएको हो। मन्त्री श्रेष्ठ स्याङ्जा क्षेत्र नम्बर–२ र राज्यमन्त्री अधिकारी चितवन क्षेत्र नम्बर–२ बाट पराजित हुनुभएको हो। प्रतिनिधिसभा निर्वाचनमा लामो समयदेखि जित्दै आउनुभएका मन्त्री श्रेष्ठ पराजित हुनुभएको हो।

श्रेष्ठलाई अर्यालले ३ हजार ७ सय ६ मत अन्तरमा हराउनुभएको हो। शिक्षा राज्यमन्त्री अधिकारीलाई पोखरेलले १७ हजार ३ सय ५६ मतले हराएका हुन्। गत भदौ ६ गते विस्तार भएको मन्त्रिमण्डलमा उनी शिक्षा राज्यमन्त्री भएका थिए।

प्रतिक्रिया दिनुहोस्