समानुपातिकतर्फको मतगणना सकियो, एमाले बन्यो पहिलो पार्टी



नेपाल समाचारपत्र, काठमाडौं ।
गत मंसिर १० गते पहिलो चरण र २१ गते दोस्रो चरण गरेर दुइ चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि सकिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पहिलो भएको नकपा एमाले समानुपातिक तर्फ पनि पहिलो पार्टी हुन सफल बनेको छ ।

निर्वाचन आयोगका अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस ३१ लाख २८ हजार ३८९ मत पाएको छ । त्यस्तै, माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१, राष्ट्रिय जनता पार्टी ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत पाएका छन् । यी पाँच दल बाहेक अन्यले थ्रेसहोल्ड कटाउन नसकेको निर्वाचन आयोगले बताएको छ ।

थ्रेसहोल्ड कटाउन नसकेको विवेकशील साझाले २ लाख १२ हजार ३६३,राप्रपाले १ लाख ९६ हजार ७८२, राप्रपा (प्रजातान्त्रिक) ले ८८ हजार ३७७,नयाँ शक्ति नेपालले ८१ हजार ८३७ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्