अलैची निति मन्त्रि परिषदमा !



रविन भट्टराई, ताप्लेजुङ । अलैची निति मन्त्रिपरिषदमा पुगेको छ । ताप्लेजुङ सहित पुर्वि पहाडी जिल्लाहरुमा व्यवसायिक उत्पादन हुने अलैचीको उत्पादन बढाउन र बजारीकरणलाई प्रवर्दन गर्न कृर्षि विकास मन्त्रालयले अलैची निति मन्त्रि परिषदमा पठाएको हो ।

निति पास भएमा अलैचीको बजार बिस्तार र किसानलाई उचित मुल्य प्राप्त हुने कृर्षि विकास मन्त्रालयको दाबि रहेको छ । अलैचि निति पास भए उत्पादन देखि बजारीकरण सम्मका समस्या समाधान हुने कृर्षि विकास मन्त्रालयका प्रबत्ता योगेन्द्र कुमार कार्किले जानकारी दिनुभयो । नितिमा उत्पादन गर्न कसरी सहयोग गर्ने, छिर्के फुर्के रोगहरुलाई कसरी निराकरण गर्ने, उत्पादित बस्तुलाई बजारमा कसरी पु¥याउने, गुणस्तर कसरी सुधार गर्ने विषय समेटिएको प्रबत्ता कार्किको भनाई छ ।

विश्व बजारमा सबै भन्दा बढि मुल्यमा बिक्रि भईरहेको अलैचीको निर्यात अहिले एक तिहाईले घटेको छ । निर्यात घट्दा अहिले अलैचि प्रति किलो छ सय देखि बढिमा आठ सय रुपैयाँमा बिक्रि भईरहेको छ । पहिले प्रति मन (४० किलो) को १ लाख १५ हजार सम्ममा बिक्रि भएको अलैचि अहिले प्रति मन २५÷२६ हजारमा बिक्रि भईरहेको अलैचि व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले बताउनुभयो ।

ताप्लेजुङ, पाँचथर, ईलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, उदयपुर लगायतका जिल्लामा अलैचिको व्यवसायिक खेती हुँदै आएको छ । मुलुक भित्र बार्षिक दशहजार टनको हाराहारीमा अलैची उत्पादन हुनेगरेको छ । अलैची नेपालबाट सबै भन्दा बढि उत्पादन हुने कृर्षि उपज हो ।

प्रतिक्रिया दिनुहोस्