नेपाल इस्टर्न रिजन क्रिकेटको फाइनलमा



काठमाडौं । नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनलमा स्थान बनाएको छ ।

बैंककस्थित टे«डथाई क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलमा नेपालले मलेसियालाई ७२ रनले पराजित गरेको हो । नेपालले १ सय २८ रनको लक्ष्य दिए पनि मलेसिया २१ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ५५ रनमै समेटियो । योसँगै नेपालल पर्सी सोमबार सिंगापुरविरुद्ध उपाधिको लागि खेल्नेछ । सिंगापुरले अर्को सेमीफाइनल खेलमा हङकङलाई ८ विकेटले हराएको हो ।
एक समय २४÷१ को स्थितिमा रहेको मलेसियालाई कमजोर बनाउन नेपालका बलर सुर्य तामाङले चार तथा प्रतिश जीसीले तीन विकेट लिएका थिए । टोलीका लागि सन्देस सुपरामनियमले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन् ।
यसअघि नेपालको ब्याटिङ राम्रो भएको थिएन । जसो तसो नेपालले १ सय २७ रनसम्म पु¥याएको थियो । नेपालका लागि प्रतिसले सर्वाधिक २५ रन जोड्दा नारायण जोशी र सुनील भण्डारीले १७÷१७ रनको योगदान दिए । त्यस्तै विशाल विक्रम केसी १५ रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्