महोत्सवको आकर्षण धरहरा



बाँके । नेपालगञ्जको शैक्षिक महोत्सवमा राखिएको ‘धरहरा’ हेर्न दर्शकको भीड लागेको छ ।
भुकम्पले भत्काएको काठमाण्डौंको ऐतिहासिक सम्पदा ‘धरहरा’ को झझल्को दिने ‘नमुना धरहरा’ले नेपालगञ्जको शैक्षिक महोत्सव आउने दर्शकहरुलाई तानेको हो । महोत्सवमा आउने दर्शकहरु उक्त धरहरा हेर्न झुम्मिएका छन् भने तस्बिर र ‘सेल्फी’ खिचिरहेका हुन्छन् ।
‘काठमाण्डौंको धरहरा कहिल्यै प्रत्यक्ष देख्न पाएको थिइन’—महोत्सव हेर्न कोहलपुरबाट आएकी दिपिका श्रेष्ठले भन्नुभयो—‘यहा“ हेर्न पाउ“दा खुसी लागेको छ ।’ महोत्सवमा आर्कषक तरिकाले धरहरा बनाइएको छ । शैक्षिक महोत्सव आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका संस्थापक अध्यक्ष तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले ऐतिहासिक सम्पदा धरहरा ‘ढले’ पनि त्यसको प्रचार प्रसार गर्न धरहरा बनाइएको बताउनुभयो ।
‘कहिल्यै धरहरा नदेखेकाले उत्सुक भएर हेरिरहका छन् भने देखिसकेकाले सम्झिरहेका छन्, लामिछानेले भन्नुभयो । बास र बान्द्रो, इट्टा मिलाएर बनाएको सो धरहरा २४ फिटको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्