स्वास्थ्य चौकीलाई एम्बुलेन्स



हेटौंडा,(नेस) । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत् प्रदेश २ का नवनिर्वाचित सांसद् इन्द्रबहादुर बानियाँले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।
बानियाँले शनिवार हेटौंडा–१८ स्थित हर्नामाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुृभएको हो । उहाँले हेटौंडा–१८ नम्बर वडा अध्यक्ष अनिल बानियाँ र स्वास्थ्य चौकी प्रमुख टीएन ढुंगेललाई एम्बुलेन्सको साँचोसँगै सञ्चालनका लागि ५० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको थियो ।
बानियाँका दाजु राजकुमार बानियाँको स्मृतिमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । दाजुको दुर्घटनामा परी निधन भएको जनाउँदै उहाँले स्वास्थ्य समस्या हुँदा उपचारका लागि स्वास्थ्य संस्था पु¥याउन सहज होस् भन्ने उद्धेश्यले एम्बुलेन्स उपलव्ध गराइएको बताउनुभयो । आफूले मानवीय भावनाले एम्बुलेन्स हस्तान्तरण गरेको बताउँदै अन्य क्षेत्रमा पनि एम्बुलेन्स सहयोग गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय शम्भु भण्डारीले एम्बुलेन्स उपलब्ध भएपछि त्यस क्षेत्रमा स्वास्थ्य सेवामा स्थानीय पहुँच अभिवृद्धि हुने बताउनुभयो । हस्तान्तरित एम्बुलेन्स भन्सार छुटसाथ ९ लाख ५० हजार रुपियाँको रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्