देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग खुला गर्न ओलीको आग्रह



पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रसस्त गर्न आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आज आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको परिणाम आईसकेकाले अब कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताउनुभयो ।
ओलीले राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश राष्ट्रपति समक्ष लगेको बताउदै सो अध्यादेशका बारेमा एमालेलाई थाहा नभएको उल्लेख गर्नुभयो ।
गैरसंवैधानिक अध्यादेश पारित गर्न नहुने बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर कांग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउनु भयो ।
कांग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्न खोजेको बताउँदै अध्यक्ष ओलीले नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको प्रष्ट पार्नुभयो ।
निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिंदै उहाँले आयोग संविधान र कानुन अनुसार चल्नुपर्ने बताउनु भयो । प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले सहज रुपमा सत्ता हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा निर्वाचन बारे सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै त्यही अध्यादेशमा खोचे थापेर कांग्रेसले लोकतान्त्रिक प्रकृया र जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्न नहुनेमा उहाँको जोड थियो ।
आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै अध्यक्ष ओलीले जनमत अनुसार कांग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्