रेशम चौधरी ब्रान्ड



प्रतिनिधिसभाको निर्वाचनका क्रममा ब्रान्डका रुपमा रेशम चौधरी रहेको चर्चा धरहरालाई प्राप्त भएको छ। निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दासम्म न त अभियुक्तको लालमोहर लगाइएका चौधरीलाई कुनै व्यक्तिले उजुरी दिए न त आयोगले उजुरी रद्ध गर्ने प्रयास गर्यो ।

नतिजा आउँदा धरहरा छक्क पर्यो। चौधरीले २० वटा हजार मतअन्तरले जिते। तर, चौधरीलाई जितपश्चात मर्नु न ओकल्नु भएको धरहराले फेला पारेको छ। चौधरीका विषयमा सर्वोच्च, निर्वाचन आयोग र प्रहरीबीच त्रिपक्षीय जुहारी चलेको धरहराको विशेष स्रोतले पत्ता पत्ता लगाएको छ। सर्वोच्चमा प्रमाणपत्र पाउनुपर्यो भनेर रिट हाल्न उनका भाइ मिट्ठु पुगेछन्।

अदालतले रिटलाई सोझै इग्नोर गरिदियो। निर्वाचन आयोगले आफूसंग प्रमाणपत्र छ भन्छ तर, चौधरीलाई दिन नमानेको खबर धरहराले फेला पारेको छ। प्रहरीले भने चौधरीलाई भेट्नासाथ पक्रने बताउँछ। सरकारका तीन निकायको समन्वयकारी भूमिका नभएको धरहराको ठम्याइ छ।

यदि धरहरा सही हो भने कि त चौधरीलाई उम्मेदवार नै बन्न नदिनु ? नत्र जितिसकेपछि कमसेकम प्रमाणपत्र त दिलाइदिनु न भन्ने धरहराको जिज्ञासा।

प्रतिक्रिया दिनुहोस्