अनलाइन व्यापारबाट खर्बपति



काठमाडौं, (नेस)
सन् १९९९ मा आफ्नै घरको अपार्टमेन्टबाट व्ययसाय शुरु गरेका ज्याक माले सन् २०१७ सम्म आईपुग्दा विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी बनाएका छन्।

आलिबाबा कम्पनी अनलाइनको माध्यमबाट विश्वभर सबैभन्दा धेरै व्यापार गर्ने कम्पनी हो। तर, एक सफल कम्पनीको संस्थापक हुनुभन्दा अगाडि ज्याक मालेलाई गर्नुपरेको संघर्ष र धैर्यतालाई धेरैले प्रेरणाका रूपमा लिन सक्छन्।

ज्याकको शैक्षिक जीवन त्यति सफल रहेन। प्राथमिक तहमा दुईपटक, माध्यामिक तहमा तीनपटक र उच्च शिक्षा प्रवेश परीक्षामा दुईपटक फेल भएका थिए। विश्वविद्यालय तह अध्ययनका लागि उनले हावर्ड विश्वविद्यालयमा १० पटकसम्म प्रयास गरे तर छनोट हुन सकेनन्।ज्याकको एउटा भनाइ निकै प्रसिद्ध छ –‘मानिसमा हुनुपर्ने सबैभन्दा ठूलो गुण धैर्यता पनि हो, काम गर्दै जाँदा हजार गल्ती र असफलता हुन सक्छन् तर एक हजार एक पटकमा सफलता अवश्य भेटिन्छ।’

 

जागिरका लागि ज्याकको जीवनमा झन् नराम्रो अनुभव रह्यो। उनले ३१ वटा जागिरका लागि अन्तर्वार्ता दिए। तर, उनले सबैबाट एउटै खालको उत्तरको सामना गर्नुप¥यो–‘तिमी योग्य छैनौ’। चर्चित ब्रान्ड केएफसीले कर्मचारीको माग गरेको थियो। जसमा ज्याकलगायत २४ जनाले अन्तर्वार्ता दिए। तर, त्यसमा पनि ज्याकबाहेक सबैको नाम निस्कियो।

अन्य पेशामा असफल रहे पनि उनको व्यावसायिक जीवनमा भने विश्वले चिन्ने गरी सफलता हासिल गरेका छन्। ज्याकको एउटा भनाइ निकै प्रसिद्ध छ –‘मानिसमा हुनुपर्ने सबैभन्दा ठूलो गुण धैर्यता पनि हो, काम गर्दै जाँदा हजार गल्ती र असफलता हुन सक्छन् तर एक हजार एक पटकमा सफलता अवश्य भेटिन्छ।’

ज्याकलाई अंग्रजी भाषा सिक्ने ठूलो रहर थियो। त्यसका लागि उनले पर्यटकको सहायता लिन्थे। अंग्रेजी भाषामा दक्ष भएका कारण उनले भाषा अनुवाद गर्ने संस्था नै खोले। तर, सन् १९९५ मा ज्याक अमेरिका गएपछि उक्त संस्था बन्द भयो। अमेरिका बसाईको क्रममा उनले इन्टरनेटका बारेमा जानकारी पाए। किनकी चीनमा त्यो बेलासम्म इन्टरनेट प्रयोगमा आइसकेको थिएन। उनका एकजना अमेरिकी साथीको सहायताले इन्टरनेटमा खोजेर सबै चीजको जानकारी लिन सकिन्छ भनेर थाहा भयो। जब उनले इन्टरनेटमा पहिलो शब्दका रूपमा ‘बियर’ खोजे, त्यो नै उनलाई ‘अनलाइन विजनेस’मा प्रवेश गराउने सुत्र बन्यो। त्यो कुन अर्थमा भने इन्टरनेटमा बियर खोज्दा उनले अमेरिका, जर्मनी, बेलायतलगायत देशमा उत्पादित बियरको बारेमा मात्र थाहा पाए तर चिनियाँ उत्पादनका बारेमा भने त्यहाँ जानकारी थिएन।

चीनमा इन्टरनेट प्रविधि भित्रिदो क्रममा थियो। सन् १९९९ मा उनले आफ्ना १७ जना साथीसँग मिलेर आलिबाबा कम्पनीको स्थापना गरे। कम्पनी स्थापनाको शुरुआती तीन वर्षसम्म भने चल्न सकेन तर चौथो वर्षमा भने एक वर्षमा मात्र ६० हजार अमेरिकी डलरको नाफा देखियो।

ब्लुमबर्ग विलिनियर्स इन्डेक्सका अनुसार ज्याक अहिले विश्वका १५औं धनी र चीनका सबैभन्दा धनी व्यक्ति हुन्।

ब्लुमबर्ग इन्डेक्सका अनुसार उनको सम्पत्ति ४६ दशमलव १ विलियन अमेरिकी डलर छ। आलिबाबाले यस वर्ष कम्पनीको कुल सम्पत्तिको १ तिहाई स्टक बजारबाट आर्जन गरेको हो। लामो समयसम्म व्यापारिक शहरका रूपमा चिनिने सिलिकन भ्यालीमा अलिबाबाले प्रवेश गर्न नै सकेन। तर, अहिले त्यहाँको पुँजी बजारमा यस कम्पनीले ठूलो महत्व राख्छ। अघिल्लो वर्ष ७० डलर प्रतिकित्ता शेयर मूल्य रहेको आलिबाबा कम्पनीको एक वर्षमा नै १ सय ७७ अमेरिकी डलर पुगेको छ। आलिबाबा गु्रपको सफ्ट बैंकमा ३२ प्रतिशत र याहुको १५ प्रतिशत शेयर रहेको छ। यूसी ब्राउजर पनि आलिबाबा कम्पनीकै उत्पादन हो।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्