डिज्नीले मर्डक साम्राज्यको सम्पत्ति किन्ने



लस एन्जलस, (एजेन्सी)
वाल्ट डिज्नी मिडिया मुगल रुपर्ट मर्डकको कम्पनी ट्वान्टीफस्र्ट सेन्चुरी फोक्स इन्टरटेनमेन्टको सम्पत्ति ५२ अर्ब ४० करोड डलरमा किन्न सहमत भएको छ। डिज्नीले उक्त खरिदको घोषणा गर्दै उसले फोक्सको ३९ प्रतिशत हिस्सा किन्ने जनाएको छ।

यो लेनदेनपछि मर्डकद्वारा खडा गरिएको सञ्चार घरानाको दायरा सीमित हुनेछ। अब मर्डकसँग फोक्स ब्रोडकास्ट, फोक्स न्युज च्यानल र खेल च्यानलको मात्र कारोबार हुनेछ।

फोक्स न्युज च्यानल र खेल च्यानललाई मिलाएर नयाँ कम्पनी बनाइनेछ। यो व्यापारिक कारोबारसँगै विगत ५० वर्षदेखि सञ्चारक्षेत्रमा एकछत्र छाएका ८६ वर्षीय रुपर्ट मर्डकको सञ्चार साम्राज्य विस्तार रोकिनेछ।
मर्डकले २१ वर्षको उमेरमा अस्ट्रेलियाको एक अखबार आफ्नो पिताबाट प्राप्त गरेका थिए। त्यसपछि उनले प्रगतिको सिंढी चढ्दै न्युज र फिल्मी कारोबारको जगतमा सबैभन्दा विशाल साम्राज्य खडा गरेका थिए।
मर्डकले सञ्चारको प्रसार अनलाइन विज्ञापनतर्फ तीव्र रूपमा बढिरहेको र प्रतिद्वन्द्वी कम्पनीहरु इन्टरनेटको माध्यमबाट मनोरञ्जन मानिसको घरघरमा पु¥याइरहेकाले सञ्चार उद्योगमा यो कारोबार महत्वपूर्ण भएको बताएका छन्।

बिहीबार मर्डकले भने– ‘आजको यस घोषणाले हामीले हाम्रो यात्रामा अर्को मोडतर्फ कदम बढाएका छौं।’

प्रतिक्रिया दिनुहोस्