एआईले ग्रह पत्ता लगाए



लस एन्जलस, (एजेन्सी)
गुगल र नासाले सिक्ने क्षमतायुक्त यन्त्रको सहयोगबाट सौर्य प्रणाली केप्लर –९०मा एउटा नयाँ ग्रह पत्ता लगाएको घोषणा गरेको छ। केप्लर डाटालाई न्युरल नेटवर्किङमा प्रयोग गरी वैज्ञानिकहरुले केप्लर–९० सौर्य प्रणालीको ८औं ग्रह फेला पारेका हुन्। यसको केप्लर–९० प्रणालीमा अन्य ज्ञात प्रणालीमा प्रायः ग्रहको जस्तो सम्बन्ध रहेको जनाइएको छ। केप्लर–९० आई गुगलको न्युरल नेटवर्कबाट पहिचान गरेको नयाँ ग्रह हो। गुगलको उक्त आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोगबाट केप्लर–८० जी पनि फेला पारेको र उक्त ग्रह उसको प्रणालीमा सबैभन्दा सानो ग्रह भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्