घर भत्किँदा महिलाको मृत्यु



जाजरकोट,(नेसं),  कुशे गाउँपालिका–६ छहरागाउँमा घर भत्किँदा शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ। बन्दै गरेको घर भत्किँदा कुशे–३ की ४८ वर्षीया दुर्गा बुढाको मृत्यु भएको हो।

घर भत्किँदा दुर्गाकी नातिनी ६ वर्षीया कल्पना बुढा सामान्य घाइते भएकी छिन्। नातिनीलाई तानेर निकाल्न भ्याएको दुर्गाका श्रीमान् दधिमल बुढाले बताए। श्रीमतीलाई भने बचाउन नसकेको उनले बताए।

कुशे गाउँपालिका–३ का उनीहरू वडा नम्बर ६ छहरामा मा घर बनाउँदै थिए। घटनास्थल सदरमुकामदेखि १६ कोषको दूरीमा पर्छ।

प्रतिक्रिया दिनुहोस्