लिबरल डेमोक्रेटिकको शून्य मत



नुवाकोट, (नेस)
नुवाकोटमा मंसिर १० गते सम्पन्न भएको निर्वाचनमा समानुपातिकतर्फ शून्य मत पाउने पार्टी पनि भेटिएको छ। समानुपातिकतर्फ प्रदेशसभामा लिबरल डेमोक्रेटिक पार्टीले शून्य मत प्राप्त गरेको हो। सामानुपातिकतर्फको मतको सबै विवरण आएसँगै यस्तो अनौठो नतिजा आएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोटमा प्रदेशसभातर्फ ३१ र प्रतिनिधि सभातर्फ ४९ दल समानुपातिकतर्फ चुनावी मैदानमा भिडेका थिए। यसै गरी समानुपातिकतर्फ प्रतिनिधिसभामा ५० मत नकटाउने दलको संख्या ३२ रहेको छ।

नुवाकोटमा भएको निर्वाचनमा २१ दलले ५० मतसमेत कटाउन सकेका छैनन्। १ मत मात्र पाउने दलहरूमा आमूल परिवर्तन मसिह पार्टी, नेपाल जनता पार्टी, संघीय खम्बुवान पार्टी, नेपाल राष्ट्रिय पार्टीले १ मत मात्र पाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए।

समानुपातिकतर्फ प्रतिनिधिसभामा नुवाकोटबाट ३ मत मात्र पाउने दलहरूमा संघीय लिम्बूवान, नेपाल दलित पार्टी, नेपाल युथ किसान पार्टी रहेको निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताए। नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिकतर्फको मत अत्याधिक बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्