काठमाडौ विश्वविद्यालयका दीक्षान्त समारोह पत्रकारद्वारा बहिस्कार



मोतीराम तिमल्सिना, काभ्रे । काठमाडौ विश्वविद्यालयको तेईसौ दीक्षान्त समारोह शिक्षाविद् काठमाडौ विश्वविद्यालयकै संस्थापक उपकुलपति प्रोफेसर प्राध्यापक डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथी शर्माले देशको विकासका लागि उर्चाको आधारलाई भरपर्दाे बनाउनु पर्ने बताउनु भयो । नयाँ संविधान अनुसारको स्थायी सरकार निर्माणका लागि निर्वाचन सकिएकाले स्थीर र भरपर्दाे सरकार बनाउन राजनीतिक दलहरुले पहल गर्नु पर्ने शर्माले बताउनु भयो । ‘उर्जालाई भरपर्दाे आधार बनाउँदै यातायातको ब्यवस्थालाई सक्षम बनाई आर्थिक रुपमा सबलीकरण गराउन प्रविधिको हस्तान्तरण र जानकारी समयमै हुनु पर्छ’–उहाँले भन्नुभयो–‘परनिर्भरताबाट आत्मनिर्भरतातिर मुलुकलाई लैजान उपयृुक्त प्रविधि र अनुसन्धान आवश्यक छ ।’
सहकुलपति एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रो.डा. रामकण्ठ माकजुले देशभित्रका प्राज्ञिक समुदायहरुको सशक्तिकरण, विकासका कृयाकलापहरुमा प्राज्ञिक जगतको सहभागिता, नीति निर्माण गर्ने काममा बौद्धिक ब्यक्तित्वहरुको संलग्नता आवश्यक रहेकोृ बताउनु भयो । हिमाली क्षेत्रमा जलवायु परिवर्तन, जडिबुटी प्रशोधन, सौर्य उर्जा र पर्यटन प्रर्वद्धन जस्ता केन्द्र एवं प्रयोगशालाहरु स्थापना गर्न, पहाडी भेगमा गएर सामुदायिक विकास, जलविद्युत्त विकास र बन विज्ञान आदिका संरचनाहरु तयार गर्न, तराईका फाँटहरुमा जातिय विविधता, कृषि अभ्यास र परम्परागत संगित र विपत्ति न्युनीकरण जस्ता विषयको अनुसन्धान गर्ने विश्वविद्यालयको सोच रहेको माकजुले बताउनु भयो ।
दीक्षान्त समारोहमा स्कुल अफ साईन्सतर्फका विद्याबारिधी, स्नातकोत्तर तथा स्नातक उर्तिण विद्यार्थीहरु, स्कुल अफ म्यानेजमेन्ट तर्फका ब्यवस्थापन विषयमा स्नातकोत्तर तथा स्नातक उर्तिण, स्कुल अफ इन्जिनियरिङ्गका विद्याबारिधि, स्नातकोत्तर तथा स्नातक उर्तिण, स्कुल अफ एजुकेशनका विद्याधारिधि, स्नातकोत्तर तथा स्नातक उपाधि, स्कुल अफ आर्टसका विद्याधारिधि, स्नातकोत्तर तथा स्नातक उर्तिण गर्ने विद्यार्थीहरु दिक्षित भएका थिए ।

पत्रकारहरुद्वारा कार्यक्रम बहिस्कार
काठमाडौ विश्वविद्यालयले हरेक दीक्षान्त समारोहमा पत्रकारहरुलाई बोलाउने तर कार्यक्रममा समाचार संकलनका लागि बस्ने स्थान र तस्विर खिच्ने स्थानमा समेत अवरोध पु¥याउँदै आएको भन्दै अघिल्लो दीक्षान्त समारोहमा समेत पत्रकारहरुले गुनासो राखेका थिए । यो दीक्षान्त समारोहमा पनि सोहि ब्यवहार देखिएपछि पत्रकारहरुले सम्वन्धित ब्यवस्थापनको ध्यानाकर्षण गराएका थिए । तर पनि पत्रकारहरुको गुनासो सुनुवाई नभएपछि पत्रकारहरुले कार्यक्रम बहिस्कार गर्ने निर्णय गर्दै कार्यक्रम स्थल छाडेर बहिस्कारको जानकारी रजिस्टार भोला थापालाई गराउँदै बाहिरिएका थिए । सोहि क्रममा पत्रकारहरुलाई अभद्र ब्यवहार गरिएको थियो । अभद्र ब्यवहार प्रति नेपाल पत्रकार महासंघले खेद ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्