‘हेटौंडालाई प्रदेशको स्थायी राजधानी घोषणा गरियोस्’



हेटौंडा,(नेस) । नेपाली कांग्रेसका युवा नेता एवम् मकवानपुरका नवनिर्वाचित प्रदेशसभा सांसद् इन्द्रबहादुर बानियाँले हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रबार रिपोर्टसर्् क्लब नेपालको साक्षात्कारमा बानियाँले जनचाहना, आवश्यकता र पूर्वाधारका आधारमा हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गर्नुभएको हो ।
क्षेत्रीय बन कार्यलय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यालय, नेपाली सेनाको प्रदेश कार्यालयसहित अधिकांश कार्यालयको क्षेत्रीय कार्यालय हेटौंडामा भएको बताउँदै उहाँले भन्नुभयो–प्रदेशको राजधानी मुलुकको राजधानी काठमाडौंवरपर बनाउनुपर्छ, मुलुकको राजधानीमा प्रदेशको राजधानीलाई थुपार्नु हुँदैन, काठमाडौंमा धरै प्रकारका अहसजता छन्, सवारीको चाप उस्तै छ, यस्तो स्थितिमा प्रदेश नम्बर ३ को राजधानी हेटांैडा उपयुक्त छ ।
चुनाबका बेलामा नाराको सहारालाई लिएर प्रेदशको राजधानी अन्यत्र बनाउने भनेर गरिएका कुराहरु आधारहीन भएको भन्दै नेता बानियाँले हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउन सबै दलसँग छलफल भइरहेको जनाउनुभयो ।
नेता बानियाँले आफूले यसअघि गृह राज्यमन्त्री, पर्यटन मन्त्रालयलगायतको जिम्मेवारी वहन गरिसकेको अनुभव स्मरण गराउँदै भन्नुभयो–प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि कांग्रेसले मलाई नै छान्छ होला ।
निर्वाचनअघि भएका सभामा आफूलाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको दाबेदारका रुपमा खडा गर्नुभएका बानियाँले प्रदेशमा कांग्रेसको पराजयसँगै प्रतिपक्षी दलका नेता बन्ने तयारी थाल्नुभएको छ ।
मकवानपुरबाट विजयी उहाँले समानुपातिकको मतगणना सकिएपछि प्रतिपक्ष दलको नेताका लागि केन्द्रीय तहमा कुरा अघि बढाउनुभएको छ । यस विषयमा कांग्रेस मकवानपुरका एक नेताले भने–हाम्रो चाहना त उहाँ मुख्यमन्त्री भएको हेर्ने थियो, तर त्यो पूरा नहुने भो । त्यसैले अब प्रतिपक्षी दलको नेताका लागि प्रयास भइरहेको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बानियाँ मकवानपुरका पाँच क्षेत्रमा वाम गठवन्धनले विजयको झण्डा फहराउँदा एक्ला लोकतान्त्रिक गठवन्धनका उम्मेदवार हुनुहुन्छ, जो मकवानपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्न सफल बन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्