मतदाताको घर दैलोमा पुगेर समस्या सुन्दै डोटीका नेताहरु



विमल विष्ट, डोटी । डोटी बाट प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनबाट विजयी भएका नेकपा –एमाले) का उम्मेदवार प्रेमबहादुर आदेमगर तथा प्रदेश सभामा बिजयी भएका माओबादी नेता त्रिलोचन भट्टले मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गर्नुभएको छ । मतदाताको मतको कदर गर्दै उहाँहरुले गुनासो सम्बोधनका लागि घरदैलो अभियान सुरु गरेको नेकपा एमाले डोटीले जनाएको छ । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल तथा बोगटान गाउँपालिकाको बिपिनगर,बुडर लगायतका बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिधिनी सभा सदस्य प्रेमबहादुर आलेमगरले बोगटान क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने बोगटान सडक निर्माणको कार्य आफनो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही महिनामै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश सभा ‘ख’ बाट बिजयी हुनु भएका माओबादी केन्द्रका नेता त्रिलोचन भट्टले बोगटान बासीको सडकको सपना साकार पार्ने योजना अनुरुप आफुहरु लागि परेको बताउनुभयो । उहाँले बोगटानी जनताकको हकहितमा धेरै भन्दा धेरै काम गरिने दाबी समेत गर्नु भयो । बिजयी उमेदवारको घरै दैलो अभियानमा सरिक भएका अधिकंस स्थानीय बासीले बोगटान,जोरायल लगायतका बभिन्न गाउँपालिकाहरु इन्टरनेट सेवाबाट वञ्चित भएकाले यसका लागि तत्काल कार्य बढाउनका लागि पहल गरिदिन माग गरेका छन् ।
मतदाताले उठाएका सबै माग शिरोधार्य गरेर अगाडि बढ्ने प्रतिनिधी सभामा बिजयी भएका उमेदवार आलेमगरको भनाइ रहेको थियो । त्यस्तै प्रदेश सभा ‘क’ बाट बिजयी हुनु भएका काग्रेस नेता भरतबहादुर खड्का पनि आफनो घर दैलो अभियान लिएर गाउ पस्नु भएको छ । उहाँ जिल्लाको पुर्बि क्षेत्र हुदै अहिले पश्चिी क्षेत्र तिर हानिनु भएको छ । गाउमा रहेका मतदाताहरुलाई खड्काले पनि धन्यबाद दिनुका साथै मतदाताका माग तथा गुनासाहरु सुन्न थाल्नु भएको छ । मतदाताहरुका गुनासा र मागहरुको सम्बोधन गर्ने उदेश्यले अफुपनि निर्वाचित भए संगै गाउ पसेको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्