शिवम् सिमेन्टमा तालाबन्दी



मकवानपुर । हेटौँडाको हटियामा रहेको शिवम सिमेन्ट्स लिमिटेडले वातावरण प्रदूषण गरेको भन्दै स्थानीयले शिवम सिमेन्टको मुख्य द्वारमा ताला लगाइदिएका छन् ।
स्थानीयहरुले शिवमले अत्याधिक रुपमा वातावरण प्रदुषण गरेको भन्दै ताला लगाएका हुन् । उनीहरुले शिवमका कर्मचारीहरु उद्योगमानै रहेको अवस्थामा ताला लगाएका हुन् । जसको कारण उद्योग भित्र रहेका कर्मचारीहरु बाहिरसम्मआउन नपाएको गुनासो गरेपछि प्रहरीले ताला खोली बाहिर निकालेको थियो । प्रदूषण नियन्त्रणमा नआएसम्म आन्दोलन जारी राख्ने स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्