सरकारले गरेको निर्णय मान्दैनौंः नेता नेपाल



कृष्णउदास खनाल, वीरगन्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कामचलाउ भइसकेको सरकारले गरेको निर्णय मान्न आफूहरु बाध्य नहुने बताउनुभएको छ ।
प्रदेश प्रमुख नियुक्तिको तयारीप्रति संकेत गर्दै उहाँले कुनै नियुक्ति गर्नैपर्ने संवैधानिक वाध्यता भए छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभयो ।प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले कम्युनिष्ट गठबन्धनको बहुमत आइकसेकोले सरकार निर्माणको तयारी शुरु भएको बताउनुभयो ।उहाँले सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको दाबी गर्नुभयो । यद्यपि, उहाँले सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा भने केही पनि खुलाउनुभएन ।जित्नु ठूलो नभएर जीतपछि जिम्मेवारी पुरा गर्ने योग्यता र क्षमता प्रस्तुत गर्नु महत्वपूर्ण कुरा भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्