आईजिपी अर्याल विरुद्धको मुद्दा: के हुँदैछ सर्वोच्चमा ?



​काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्धको मुद्दा सर्वोच्च अदालतमा अघि बढेको छ । एआईजी जय बहादुर चन्दले हालेको रिटको आज सर्वोच्चमा सुनुवाई सुरु हुँदैन छ ।
चन्दले गत भदौ १४ गते सर्वोच्चमा रिट हालेका थिए । आफुलाई सरकारले प्रहरी महानिरीक्षक बढाएर पनि पछि एआईजीमा घटुवा गरिएको भन्दै २८ चैत २०७३ को सरकारको निर्णयविरुद्ध रिट हालेका थिए ।

सरकारले फागुन १ गते चन्दलाई महानिरीक्षकमा बढुवा गरेको थियो । पछि उनको बढुवा सर्वोच्चले रद्द गरेको थियो । त्यसपछि प्रकाश अर्याल आईजिपी भएका थिए । आफुलाई अन्यायपूर्ण ढङगले आईजिपीबाट हटाएर अर्याललाई नियुक्त गरिएको भन्दै चन्दले रिट दायर गरेका थिए । जसको सुनुवाई आजदेखि सुरु भयो ।

 

प्रतिक्रिया दिनुहोस्