​एक लाख घुससहित मालपोतका कर्मचारी पक्राउ



काठमाडौं । अख्तियारले  एक लाख रुपैयाँ घुससहित भक्तपुर मालपोत कार्यालयका कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । नायब सुब्बा देवराज काफ्लेलाई अख्तियारको टोलीले बिहिबार दिउसो कार्यालय भवनबाटै पक्राउ गरेको हो ।
उनले सूर्य्बिनायक– ९ नंखेलको जग्गा डोरपासका लागि पैसा मागेका थिए । कार्यालयको अन्डरग्राण्डमा सेवाग्राहीसँग घुस लिएलगत्तै उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्