पार्टी परिवर्तन गर्ने उम्मेद्वारहरुको निर्वाचनमा कन्तबिजोग



सञ्जय कार्की, रौतहट ।

निर्बाचनको दिन पार्टी परिर्बतन गरेर उम्मेदबार बनेकाहरु रौतहटमा नराम्रो संग पराजित भएका छन । पराजित हुनेमा मधेशबादीदल बाट उम्मेदबार बन्नेहरु रहेका छन । रौतहटको क्षेत्रनम्बर ३ मा नेपाली काग्रेस परित्याग गरी राजपा नेपाल बाट ओमप्रकास जैयसवाल र क्षेत्रनम्बर ४ बाट कन्थमणि प्रसाद कलवारले उम्मेदबारी दर्ता गर्ने दिन कार्तिक १६ गते टिकट पाएपछि उनीहरु यसपटकको चुनाबी मैदानमा उत्रेका थिए ।

यस्तै नया शक्ति पार्टीका किरण कुमार साहले क्षेत्रनम्बर २ मा संघिय समाजबादी फोरम नेपाल बाट उम्मेदबारी दर्ता गराएका हुन । क्षेत्रनम्बर १ मा संघिय समाजबादी फोरम नेपालका बबन सिहले स्वतन्त्र उम्मेदबारी दिएपनि उनी समेत पराजित भएका छन । प्रतिनिधि सभामा तीनै जनाको उम्मेदबारी रहेपनि उनीहरुले यसपटकको निर्बाचनमा नराम्रो संग पराजय ब्यहोर्नु परेको छ ।

क्षेत्रनम्बर ४ का कन्थमणि प्रसाद कलवारले ७८८१, क्षेत्रनम्बर ३ का ओमप्रकास जैयसवाल १४६५८, क्षेत्रनम्बर २ का किरण कुमार साह १६८६५ क्षेत्रनम्बर १ मा बबन सिहले १६६९ मत प्राप्त गरी पराजय ब्यहोरेका हुन । प्रतिनिधि सभाको निर्बाचनमा भाग लिएका चार जना मध्ये तीन जनाको श्रीमतीनै स्थानीयतहको निर्बाचनमा भाग लिएका थिए एक जना बिजय भए २ जना पराजित भएका थिए ।

एक जना स्वयम स्थानीय तहको निर्बाचनमा भाग लिएर पराजय भोगेका हुन । क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदबार किरण साहको श्रीमती शर्मीला कोईराला स्थानीय तहको निर्बाचनमा राजपुर नगरपालिकाको उपप्रमुख पदमा २२०५ मत प्राप्त गरी पराजित भएकी थिईन ।

यस्तै क्षेत्रनम्बर ३ का ओमप्रकास जैयसवालको छोरा अजय प्रकाश जैयसवालले कटहरिया नगरपालिकाको प्रमुखमा ३६१२ मत प्राप्त गरी पराजय भोगेका हुन भने क्षेत्रनम्बर ४ का कन्थमणि प्रसाद जैयसवाल स्वय गरुडा नगरपालिकाको प्रमुख पदमा १३५९ मत प्राप्त गरेपनि पराजय भोगेका हुन ।

क्षेत्रनम्बर १ का बबन सिहको श्रीमती राजदेबी नगरपालिकाको प्रमुख पदमा ३८५७ मतका साथ बिजयी भएकी हुन । यसैबीच रौतहटमा १९८ जना उम्मेदबारको जमानाजफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्