बैदेशिक रोजगारको आकर्षण घटेन



नेपाल समाचारपत्र, बाँके ।

जिल्ला प्रशासन कार्यालय, बाँकेबाट औसतमा मासिक ८ सय जनाले राहदानी बनाउने गरेका छन् ।

नागरिकता बनाएको भोलिपल्टै राहदानी बनाउने मात्रै होइन, तत्काल चाहियो भनेर दु्रतगतिको सिफारिस बोकेर काठमाडौं जानेको संख्या पनि कमी छैन । चुनावका बेलामा राजनीतिक दल एवं उम्मेदवारले जिल्लामै रोजगार सिर्जना गर्ने चिल्ला प्रतिबद्धता गर्न भने छोडेनन् ।

साउनदेखि कात्तिक मसान्तसम्ममा बाँकेबाट एक हजार २ सय ८० जनाले राहदानी लिएका छन् । यो अवधिमा ५ सय तीन जनाले द्रत र एक हजार चार सय ९८ जनाले सामान्य सिफारिस लिएर गएका छन् ।

बैदेशिक रोजगारमा जानका लागि छिटो राहदानी खोज्नेहरु धेरै नै आउने जिल्ला प्रशासन कार्यालयका फाँटवालाहरु बताउँछन् । दशैं, तिहार र चुनावको रौनकले यो अवधिमा राहदानी बनाउनेको संख्या अलि कम भएको कर्मचारीहरुको भनाई छ । जिल्ला प्रशासन कार्यालयका रामचन्द्र श्रेष्ठका अनुसार, चार हजार २ सय ५३ जनाले नागरिकता बनाउदा तीन हजार २ सय ८१ जनाले राहदानी लिएका छन् । यो अवधिमा एक हजार ८ सय ४६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

एकातिर तेस्रो मुलुक त अर्कोतिर भारतमा काम गर्न जाने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको छ । दशैं, तिहार र चुनाव सकिएपछि यतिबेला नेपालगञ्ज नाकाबाट भारतका विभिन्न शहरमा काम गर्न जाने नेपालीको लर्को नै लागेको छ । जमुनाहा नाकाबाट दैनिक एक हजार बढी नेपालीहरु भारततिर गइरहेका छन् ।

भारत तथा तेस्रो मुलुकमा बैदेशिक रोजगारका लागि दैनिक हजारौं नेपालीहरु गइरहेका छन् । खाडीमा गएर सस्तोमा काम गर्न परेपनि एकैपटक आउने भएकाले देखिने गरेको सम्बद्धहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्