चुनाव सकिएपछि सिके राउत रिहा !



धनुषा । दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको दिन पक्राउ परेका सिके राउत जनकपुर उच्च अदालतको आदेशमा रिहा भएका छन् ।

चुनावका क्रममा सप्तरीस्थित उनको गाउँमा एक भोट पनि नखसेपछि प्रहरीले जनकपुरस्थित डेराबाट राउतलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।

चुनावबाट जनप्रतिनिधिहरु निर्वाचित भइसकेपछि राउतलाई अदालतले विनाशर्त रिहा आदेश दिएको हो । उनीमाथि तराई–मधेसमा बसेर देश विखण्डनमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्