दैलेखमा समानुपातिक तर्फ एमाले पहिलो



हिक्मत नेपाली, दैलेख ।

यहि मंसिर २१ गते दोस्रो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फ प्रतिश्प्रर्धामा दैलेखबाट एमाले पहिलो भएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा ३६ दलले मत पाएका छन् । जसमा सबै भन्दा बढी नेकपा एमालेले ३५ हजार ७ सय ६ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ हजार १ सय ६८ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ हजार ९ सय ७८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ९ सय ६४ मत पाएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाले ८ सय ३४ मत पाएको छ भने नेपाल मजदुर किसान पार्टीले ३ हजार ८ सय ८१ मत पाएको छ । त्यसै गरि राष्ट्रिय जनता पार्टी नेपालले ९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक) ले १ सय ६० मतपाएको छ । त्यस्तै नयाँ शक्ति पार्टीले १ सय ६, संघिय समाजवादी फोरम नेपालले १६, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले ४ सय ६७, विवेकशिल साझा पार्टीले १ सय ९ मत पाएको छ ।

१ लाख ३९ हजार ९ सय ४४ मतदाता रहेको दैलेखमा प्रतिनिधि सभाको समानुपातिकमा ९२ हजार ९ सय ९९ मत खसेकोमा १० हजार ८ सय ७८ मत बदर भएको छ ।

प्रदेश सभामा पनि एमाले पहिलो

प्रतिनीधि सभामा समानुपातिक तर्फ पहिलो बनेको एमाले प्रदेश सभामा पनि पहिलो बनेको छ । प्रदेश सभा तर्फ एमालेले ३२ हजार १ सय २६ एमालेको पक्षमा खसेको छ । प्रतिनीधि सभामा समानुपातिक तर्फ दोस्रो बनेको नेपाली कांग्रेसले २५ हजार ९ सय २५ मत पाएको छ । माओवादी केन्द्रले ९ हजार ५३ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ५ सय ४ मतपाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक) को पक्षमा २ सय १६ मत खसेको छ भने राष्ट्रिय जनमोर्चाले ७ सय ६८ मत पाएको छ । त्यसैगरि नेपाल मजदुर किसान पार्टीले ३ हजार ९ सय ३९ मत पाएको छ भने नयाँ शक्ति पार्टीले ८९ र विवेकशिल पार्टीले १ सय ६७ मत पाएको छ ।

प्रदेश सभातर्फ १३ दलले मात्रै मत पाएका छन् । क्षेत्र नंं १ को प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ खसेको २० हजार ३ सय १५ मतमध्ये १७ हजार २ सय ५५ मत सदर भएको छ भने ३ हजार ६० मत बदर भएको छ । प्रदेश सभा (ख) मा २५ हजार ९ सय ९४ मत खसेकोमा २१ हजार १ सय ५८ मत सदर भएको छ भने ४ हजार ८ सय ३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) मा कुल २२ हजार ६ सय २२ मत खसेकोमा १८ हजार ५ सय ५१ मत सदर भएको छ भने ४ हजार ७१ मत बदर भएको छ । यस्तै प्रदेश (ख) मा २४ हजार ६८ मत खसेकोमा २० हजार ८ सय ७० मत सदर भएको छ भने ३ हजार १ सय ९८ मत बदर भएको छ ।

चार वटै प्रदेशमा गरी प्रदेश सभा सदस्यतर्फको समानुपातिकतर्फ खसेको कुल ९२ हजार ९ सय ४९ मध्ये १५ हजार १ सय ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एउटा भन्दा दुई वटामा स्वस्तिक छापा लगाएको, औंंठा छाप लाएको लगायतका कारणले मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्