काँग्रेस नेता गच्छदार विजयी



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार विजयी हुनुभएको छ । उहाँ प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएको हो ।

बुधबार विहाना आएको अन्तिम मतपरिणाम अनुसार गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी बाम गठबन्धनकी साझा उम्मेदवार नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ३ सय ५१ मत पाउनुभएको थियो । चौधरीलाई ३ सय २१ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्