उत्तर कोरियाको परमाणु बम परीक्षणले भुगर्भमा हलचल



सोल (एजेन्सी) उत्तर कोरियाले गत सेप्टेम्बरमा गरेको हाइड्रोजनको परीक्षणले त्यस क्षेत्रको भुगर्भमा अहिलेसम्म हलजल आइरहेको जनाइएको छ।

उक्त परीक्षणका क्रममा कुटनितिक जगत मात्र हल्लिएको नभएर ६ दशमलव ३ म्याग्निच्युडको भुकम्पले जमिन पनि हल्लिएको थियो। त्यति बेलादेखि नै उत्तर कोरियाको जमिनमा भुकम्पको धक्का महसुस भइरहेको छ। भुगर्भको गतिविधिमा निगरानी राख्ने संस्था अमेरिकी जियोलोजिकल सर्वेले उत्तर कोरियाको जमिन भित्र थप दुई कम्पन भएको बताएका छन्।

सेप्टेम्बर ३ मा उत्तर कोरियाले पुंगीरीमा परमाणु बमको परीक्षण गरेका थिए। उक्त बम अहिले सम्म उसले गरेका परमाणु परीक्षणमा सबैभन्दा शक्तिशाली भएको बताइएको छ। उत्तर कोरियाले यो हाइड्रोजन बमको परीक्षण भएको बताएको थियो। यो त्यसतो बम हो जुन परमाणु बम भन्दा सयौं गुणा शाक्तिशाली यियो।

विशेषज्ञहरूले विस्फोट अत्यन्त शक्तिशाली भएकोले यसको वरपरको पर्वतिय इलाका अस्थिर हुन सक्नेमा चिन्ता ब्यक्त गरेका थिए। अमेरिकी भगर्भ सर्वेक्षणले विगतका हप्ता दर्ता भएको भुकम्पको झट्काले त्यहाँको जमिनले आफैलाई स्थिर गर्ने प्रयास गरिरहेको जस्तो देखिएको जनाएको छ। युएसजीएसले हालैमात्र ४ र २ दशमलव ४ म्याग्निच्युडको भुकम्पको धक्का महसुस गरिएको जानकारी दिए।

पृथ्वीको क्रस्टमा हुने गतिविधिका कारण भुकम्प आउने गर्छ। परमाणु परिक्षणपछि यो झट्का हप्ता दिन नभएर महिनौंसम्म आइरहेने बैज्ञानिकहरू बताउँछन्। तर उत्तर कोरियाको सेप्टेम्परको परीक्षणसँग सम्बन्धित भुगर्भिय आंकडा र अमेरिकाको नेवाडाको आंकडाको तुलना गर्दा फरक नतिजा आइरहेको छ।

एक दशक अगाडी अमेरिकाले नेभाडामा परमाणु परीक्षण गरको थिए। त्यहा भुकम्पपछिको धक्का र त्यसको तिब्रता दुबै कम देखियो। यसको कारण उत्तर कोरिया र नेभाडाको भौगोलिक स्वरूप फरक फरक हुन सक्ने पनि अनुमान गरिएको छ।

उत्तर कोरियाले परमाणु परीक्षण गरेको स्थान नजिक माउन्ट पायक्टुमा एक सक्रिय ज्वालामुखी पनि रहेको छ। उत्तर कोरियामा माउन्ट पायक्टुलाई पवित्र पहाड मानिन्छ। म्याककिनोनले भने– भुगर्भिय तरंग ज्वालामुखीसँग ठोक्किरहेको छ। तर यसबाट भुगर्भिय उर्जा ज्वालामुखी फुट्ने कारण बन्न सक्छ, त्यसतो लाग्दैन।

प्रतिक्रिया दिनुहोस्