कारखानामा दुर्घटना



भियना, (एजेन्सी)
पुर्वी अष्ट्रियाको प्राकृतिक ग्याँस उत्पादन क्षेत्रमा भएके एक शक्तिशाली विस्फोट र आगलागिमा एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य अठारजना घाइते भएको मंगलवार प्रहरीले जनाएको छ। स्लोभाकियाको सिमाना नजिकको राजधानी भियना देखि पुर्वमा पर्ने बाउमागार्टेन स्थित ग्याँस कारखानामा सो दुर्घटना भएक ेहो। आगलागि भइपछि विस्फोटका आवाजहरू सुनिएको थियो। टिवटर मार्फत अष्ट्रियन प्रहरीले प्राविधिक गडबडीको कारण शुरूभएके सो आगलागिी नियन्त्रणमा आइसकेको जनाएके छ। अहिले रसियाबाट आउने ग्यासमा कमि आएकाले युरोपमा यसको मुल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस्