बंगलादेशी पक्राउ



न्युयोर्क, (एजेन्सी)
न्युयोर्क सिटीको मुख्य बस टर्मिनलमा सोमबार विहान कट्टरपन्थी हमला प्रयासको घटनामा एक बंगलादेशी संदिग्धलाई हिरासतमा लिइएको छ।ती बंगलादेश आप्रवासी संदिग्धको नाम अकायद उल्लाह भएको र उनी २७ बर्षको भएको अधिकारीहरूले बताए। उल्लाहले आफनो सरीरमा विस्फोटक उपकरण बाँधेर राखेको र त्यसबाट उनी घाइते भएको अधिकारीहरूले बताए। एक भुमिगत मार्गमा भएको विस्फोटमा ४ जना सामान्य घाइेते भएका थिए। न्युयोर्क सिटीका मेयर डि ब्लासियोले यस घटनापछि ‘कट्टरपन्थीको जित नुहने‘ बताएका थिए। उनले उक्त आक्रमणमा एक जना मात्र आक्रमणकारी भएको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्