पोखरेलको हरियो ढुंगामा विपिन कार्की



काठमाडौं, (नेस)
शिल्पी थिएटरमा उपेन्द्र सुब्बाको कथॉहरियो ढुंगा’ रंगमञ्चमा मञ्चन हुने भएको छ। उक्त कथा सुब्बाको ‘लाटो पहाड’ कथा संग्रहमा प्रकाशित छ।

‘हरियो ढुंगा’ लाई वरिष्ठ नाटककर्मी शुनिल पोखरेलले परिकल्पना र निर्देशन गर्नुभएको हो। नाटक भुटानी शरणार्थीको कथामा आधारित छ। शुनिल पोखरेलका रंगमञ्चका शिष्य तथा फिल्म पशुपति प्रसाद, लुट , धनपतिमा अत्यधिक रुचाइएका अभिनेता विपिन कार्कीले अभिनय गर्दैहुनुहुन्छ भने सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, शिशिर थापालगायतका कलाकारले अभिनय गर्ने भएका छन्।

अनामनगरमा रहेको ‘डिस्कभर योरसेल्फ’ जहाँ रंगमञ्चका कुलगुरु बिगत ३ वर्षदेखि अभिनय कक्षा सन्चालन गरिरहनुभएको छ।‘डिस्कभर योरसेल्फ’ को यो तेस्रो नाटक हो। उक्त समूहले यसअघि शेक्सपियरको ‘अ मिड समर सपना’ र इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चन गरिसकेको छ। नाटक ‘हरियो ढुंगा’ यही मंसिर २९ गतेदेखि पुसको २२ गतेसम्म शिल्पी थिएटर बत्तीसपुतलीमा मंगलबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्