स्याङ्जा एकमा एमालेका नारायण मरासिनीले इतिहास रचे !



स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर जितिरहेको यो क्षेत्र एमालेको तर्फबाट पहिलो पटक नारायण मरासिनीले बाजी मारेका हुन् ।

कांग्रेसको गढ तोड्ने क्रममा एमालेका मरासिनीले १०७०२ मतको फराकिलो जीत दर्ता गराउन सफल भए । मरासिनीले ३९४३३ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु थापाले २८७३१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्