सुदूरका हिमाली जिल्लामा हिमपात, जनजिवन कष्टकर



विमल विष्ट, डोटी ।
सुदूरपश्चिमका हिमाली जिल्लामा मंगलबार देखी हिमपात सुरु भएको छ । हिमपातका कारण यहाँको जनजिवन निकै कष्टकर बन्दै गएको छ । हिमपात संगै हल्का बर्षात पनि भएकाले किसानहरु हिउदे बाली सप्रिनेमा निकै खुसि भएका छन् । यहाँका हिमाली जिल्लाहरु बझांङ,बैतडी,दार्चुला,बाजुरा तथा डोटीका उच्च लेकाली भेगमा हिमपात भए संगै एका एक चिसो बढेको छ ।

चिसोका कारण बृद्ध बृद्धा तथा स साना केटा केटीमा समस्या पर्न थालेको बग्लेका स्थानियबासी दिपक साउदले बताउनु भयो । उहाँले भन्नु भयो ‘लेकाली क्षेत्रमा हिउ परेको छ,हिउको चिसोले बेसीमा पनि असर गर्न थालेको छ ।’ यस्तै बझाङ,दार्चला र डोटी जिल्लामा पनि सोमबार रातीबाट पानी पर्न सुरु भए संगै मंगलबार विहान देखि लेकाली भेगमा हिमपात सुरु भएको हो । बर्षा संगै डोटीको खप्तड आसपासको क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । हिमपातले कठ्याङग्रीने चिसो बढेपनि हिउदे खेती सप्रीनेमा भने किसान खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्