झापामा प्रतिनिधि तथा प्रदेशसभातर्फ ३३ हजार मत बदर



उत्तम नेपाल, झापा । झापामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४.७४ प्रतिशत र प्रदेशसभा प्रत्यक्षतर्फ ३.६० प्रतिशत मत बदर भएको छ ।
जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ५ लाख ८५ हजार १ सय ६६ मतदाता मध्ये प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४ लाख १८ हजार १ सय ८१ मत खसेकोमा १८ हजार ९ सय १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ ४ लाख १७ हजार ६ सय २८ मत खसेकोमा १४ हजार ५ सय ४ मत बदर भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको मत जोड्दा जिल्लामा ३३ हजार ४ सय १९ मत बदर भएको देखिन्छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेका अनुसार प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर १ मा खसेको ७३ हजार ३ सय ३ मध्ये २ हजार ६ सय ६७ मत बदर भएको छ । क्षेत्र नम्बर २ मा खसेको ८५ हजार ६ सय ५६ मध्ये ३ हजार ६ सय ९९ मत बदर भएको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा खसेको ८३ हजार २ सय ४४ मध्ये ४ हजार ३ सय १२ मत बदर भएको छ । क्षेत्र नम्बर ४ मा ७७ हजार १ सय ९२ मध्ये ३ हजार ५ सय ३६ मत बदर भएको छ । क्षेत्र नम्बर ५ मा ९६ हजार १९ मध्ये ४ हजार ६ सय ७४ मत बदर भएको छ । जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुदाँ बदर मतको संख्यामा उल्लेखिय बृद्धि भएको हो वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्