एसियन च्याम्पियनसिपमा भुजेललाई कास्य पदक



नेपाल समाचारपत्र, काठमाडौं ।
दोस्रो टु अल एसियन च्याम्पियनसिपमा उसु खेलाडी शंकर भुजेलले कांस्य पदक जितेका छन् ।

इरानको मशाद शहरमा भएको खेलमा उसु खेलाडी भुजेलले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो । तर सेमिफाइनलमा भुजेल इरानी खेलाडीसँग पराजित हुदै कांस्य पदकमा चित्त बुझाए ।

टोली प्रमुख राजिव महर्जनका अनुसार अन्य दुई नेपाली खेलाडी वीरमान लामा २–१ इरान खेलाडीसँग र बद्री थापा पनि २–० अफ्गानिस्थानको खेलाडीसँग पराजित भए । आज त्यहाँबाट खेलाडीहरु नेपाल फर्किने प्रमुख महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्