सुनसरी ३ को स्थगित मतगणना पुनः सुचारु, गच्छदार र चौधरीबीच कडा प्रतिष्पर्धा



सुनसरी, (नेस) ।

सुनसरी ३ मा सोमबार बिहान देखी अवरुद्ध भएको मतगणना पुनः सुचारु भएको छ। अर्धकट्टीसहित भेटिएका ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने र गन्न बाँकी मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गणना सुरु भएको हो।

धाँधली भएको भन्दै गणनास्थल छाडेर हिनेका एमालेका प्रतिनिधि पनि पुनः गणनामा सहभागी भएका छन्। मतगणनास्थल जिल्ला समन्वय समिति परिसरमा सुरक्षा व्यवस्था कडा छ।

मतपेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि त्यहाँ विवाद भएको थियो। विवाद भएपछि मतगणना अनिश्चित कालको लागि स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्