रामेछापमा एमाले बन्यो पहिलो पार्टी, कांग्रेस दोस्रो



नेपाल समाचारपत्र, रामेछाप । मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको निर्वाचनको समानुपातिक तर्फको मतगणना सकिएको छ । रामेछापमा समानुपातिकको भोटमा एमाले पहिलो पार्टी बनेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक तर्फको परीणाम अनुसार दुवैमा नेकपा एमाले पहिलो , नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका हुन्।

प्रतिनिधिसभा तर्फ नेकपा एमालेले कांग्रेसले भन्दा २ सय २५ बढी मत प्राप्त गरेको छ । मतपरीणाम अनुसार एमालेले २६ हजार ८ सय ५२ , नेपाली कांग्रेसले २६ हजार २ सय २७ र माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा तर्फ पनि नेकपा एमलेलेनै बढी मत पाएको छ । प्रदेशसभातर्फ नेकपा एमालेले २६ हजार १ सय २ , कांग्रेसले २३ हजार ८ सय ६६ र माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्