प्रहरीको खोजीको सूचीका रेशम चौधरी कैलाली १ बाट निर्वाचित



काठमाडौ । प्रहरीको खोजी सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

राजपाका उम्मेदवार चौधरीले एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा) लाई २०९३५ हजारको फराकिलो अन्तरले हराएका छन् ।

चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिस्पर्धी वामगठबन्धनका शाहले १३ हजार ४ सय ६ मत मात्र प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्