बस टर्मिनलमा विस्फोट



न्युयोर्कसिटी, (एजेन्सी)
अमेरिकाको सबैभन्दा ठूलो र व्यस्त बस टर्मिनलमा भएको एउटा बम विस्फोटलाई लिएर न्युयोर्क सिटीका प्रहरीले एकजना पुरुषलाई गिरफ्तार गरेको छ। सोमबार न्युयोर्क सिटीको टाइम्स स्क्वायरनजिकको पोर्ट अथोरिटी टर्मिनलको अन्डरपासमा एउटा बम विस्फोट भएको थियो।

अग्नि नियन्त्रण अधिकारीहरूले यस घटनामा चारजना व्यक्ति घाइते भएको तर तिनीहरू सबै खतरामुक्त भएको बताएका छन्। प्रहरीले आशंकित व्यक्ति पनि घाइते भएको अनुमान गरेको छ। नाम नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले ती आक्रमणकारीले शरीरमा पाइप बम लुकाएर आएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्