वाकयुद्ध



बेइजिङ, (एजेन्सी)
एकजना वरिष्ठ चिनियाँ कुटनीतिज्ञले स्वशासित टापु ताइवानमा अमेरिकी युद्धपोतहरू छिरेको खण्डमा त्यहाँ आक्रमण गर्ने धम्की दिएपछि बेइजिङ र ताइपेइबीच वाकयुद्ध शुरू भएको छ। ताइपेइले सोमबार चीनले प्रजातन्त्रको अर्थ नै नबुझेको आरोप लगाएको छ। चीनले ताइवानलाई आफ्नै प्रान्त मान्दै आएको छ। चीनले बारम्बार बल प्रयोग गरेरै भए पनि ताइवानलाई नियन्त्रणमा लिने चेतावनी पनि दिँदै आएको हो। अमेरिका ताइवानबीच कुनै औपचारिक सम्बन्ध नभए पनि ठूलो परिमाणमा आफ्नो हतियार किन्ने ताइवानलाई नैतिकरूपमा रक्षा गर्ने वकालत गरेको छ।

प्रतिक्रिया दिनुहोस्