‘इजरायल आतंकवादी राज्य’



अंकारा, (एजेन्सी)
तुर्केली राष्ट्रपति रिसेप तयैप एडोगानले इजरायललाई ‘आतंकवादी राज्य’को लेबल लगाइदिएको छ। उनले जेरुसलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकाको घोषणा अमान्य भएको पनि बताए। एर्डोगानले डिसेम्बर ६ मा जेरुसलमको हैसियतलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय टर्कीका लागि कुनै वैधता नभएको बताए। सन् १९४७ देखि प्यालेस्टाइन अधिनष्ठ रहेको उल्लेख गर्दै इजरायल अतिक्रमणकारी र आतंकवादी राज्य बताए। टर्कीले जेरुसलमको पछिल्लो स्थितिलाई लिएर डिसेम्बर १३ मा इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी)को शिखर बैठकको आयोजना गर्दैछ।

प्रतिक्रिया दिनुहोस्