टेलिभिजनमा योङ स्टार डान्स कम्पिटिसन



पुस पहिलो साताबाट टेलिभिजनमा प्रसारण हुन लागेको लैबरी सिङगिङ स्टार आयोजक संस्थाले अर्को रियालिटी शोको आयोजना गरेको छ।

सनसाइन प्रोडक्सन हाउसले आयोजना गरेको योङ स्टार डान्स कम्पिटिसनको राजधानीमा ४ राउन्ड अडिसन सम्पन्न भएको। आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले नेपालमा स्तरीय डान्स दाबी गरिन्। ‘नेपालमा हामीले गर्व गर्न लायकको डान्स कम्पिटिसन आयोजना भएका छैनन्। प्रायः ब्यानर टाँसेरै प्रतियोगिताहरु आयोजना हुँदै आइरहेका छन्’, उनको दाबी छ– ‘योङ स्टार डान्स कम्पिटिसनका लागि हामीले विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि सेट तयार पारेका छौं। एक एपिसोड खिच्न कम्तीमा पनि १० लाखसम्म खर्च हुन्छ।’ उनका अनुसार, स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीले मात्र योङ स्टार डान्स कम्पिटिसनमा भाग लिएका छन्।

तामाङले अगाडि भनिन्– ‘बालबालिकामा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन यो डान्स कम्पिटिसन शुरु गरेका हौं। बालबालिकाका लागि नेपालमा खासै स्तरीय डान्स रियालिटी शो आयोजना हुने नभएका कारण हामीले यो प्रयास थालेका हौं। नेपालमा यस्तो पनि डान्स रियालिटी शो आयोजना गर्न सकिन्छ भन्ने हामी देखाउन चाहन्छौं।’

प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका बालबालिका सहभागी भएका छन्। यो डान्स प्रतियोगिताको पनि टिभीमा पुस पहिलो साताबाट प्रसारण गरिने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्