अब राजनीतिका कुरा हैन विकासका कुरा गछौंः अध्यक्ष ओली



भद्रपुर नेंस । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई विकास र एकताको बाटोमा लैजान सबै मिलेर जानुको विकल्प नरहेको बताएका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न सोमवार झापा आएका ओलीले विजय सभालाई सम्बोधन गर्दैै एक अर्कालाई आरोप र गण्डन गर्ने दिन अब सकिएको उल्लेख गरेका छन् । अब देशमा स्थिरता कायम भई राजनीति कुरा होइन विकासका कुरामा अघि बढ्ने उनले प्रतिबद्धता जनाएं । प्रतिपक्षलाई सम्मानपूर्ण व्यवहार गर्दै जनताले धेरै वर्षदेखि अपेक्षा गरेको देश विकासको बाटोमा अघि बढ्न उनले सवैको साथ सहयोगको अपेक्षा राखेका थिए ।
वितेको ४८ सालमा झापाले लाल किल्ला कायम राखेपछि यो दोस्रो पटक पुनः राखेको हुनाले अब देश नयाँ युगमा प्रवेश गरेको धारणा राखेका थिए । निर्वाचित भइसकेपछि पाँच वर्षको अवधिमा राम्रो काम गरिएन भने जनताले ठेगान लगाउने भएकोले सवैले सवैसँग मिलेर सदभाव र एकता कायम राखी विकास,समृद्धि हासिल अबको मुख्य एजेण्डा रहेको जनाए । देशका जनताले अब छिटै परिवर्तन भएको महशुस गर्न पाउने गरि काम गरिने उनले प्रतिबद्धता जनाएका छन् । देशमा मौलाएको भष्ट्रचार, गुण्डागर्दी,अपराध नियन्त्रण गर्ने काममा अब ठुक्क हुन उनले सुझाए । आफनो लागि नभई देश ,जनता र लोकतन्त्रको रक्षाको निम्ती लडिरहने उनको भनाइ थियो । केहिवर्ष पछि नचलेको पसलेले ग्राहक रुँगेर बसे जस्तै देशमा खोलिएका वैदेशिक रोजगारका कार्यालयहरुको हालत पनि त्यस्तै हुने शंज्ञा दिदै उनले युवाहरुले खाडीमुलुक जान मेनपावरमा नाम लेखाउने काम केहि वर्ष देखि समाप्त हुने उनले आश्वासन दिएका थिए ।
बहुमतले मात्रै मुलुकमा स्थायित्व आउन नसक्ने ठोकुवा गर्दै त्यसको नेतृत्वको इच्छाशक्ति भएमा विकास समृद्धि स्थापित गर्न गाह्र्रो नहुने बताए । भद्रपुरबाटै विजयउत्वससहितको र्याली निकालेर धुलावारी, काकडभिटटा हुदै बिर्तामोड, कनकाई र दमक विजयी सभामा सहभागि हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्