चितवनमका सबै सिटमा बाम बठबन्धनका उम्मेदवार निर्वाचित



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को जितसँगै चितवनमा बाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा रहेको चितवनमका सबै सिटमा बाम बठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका सुरेन्द्र प्रसाद पाण्डे विजयी भए । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीलाई १९ हजार ६४० मतान्तरसहित पराजित गरेका हुन् ।

त्यस्तै, प्रदेश १ (क)मा नेकपा (एमाले)का दावा दोर्जे लामा र प्रदेश ९ख०मा एमालेकै कृष्णप्रसाद शर्मा खनाल निर्वाचित भए ।
चितवन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भए । एमाले चितवनका जिल्ला अध्यक्ष समेत रहेका पोखरेलले नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई १७ हजार ३५६ मतान्तरसहित पराजित गरेका छन् ।

त्यस्तै, प्रदेश २ (क)मा माओवादी केन्द्रका घनश्याम दाहाल र प्रदेश ९ख०मा एमालेका विजय सुवेदी निर्वाचित भए । यता, प्रदेश ३ (क)मा एमालेका कृष्णप्रसाद भुर्तेल तथा ९ख०मा माओवादी केन्द्रका रामलाल महतो निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्