चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त



नेपाल समाचारपत्र, काठमाडौ।
चलचित्र विकास बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निकितालाई अध्यक्ष पदमा नियुक्ति गरेको हो। २०७४ जेठ २४मा पूर्वअध्यक्ष राजकुमार राईको कार्यकाल सकिएको थियो।

त्यस यता विकास बोर्डले नयाँ अध्यक्ष पाएको थिएन। केही महिनादेखि अध्यक्षविहीन रहेको विकास बोर्डमा सञ्चार मन्त्रालयले कार्यकारी अध्यक्षको रुपमा चलचित्र जाँचपास समितिका अध्यक्ष तथा संचार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई जिम्मेवारी दिएको थियो। अब भने विकास बोर्डले नयाँ अध्यक्ष पाएको छ। विकास बोर्डको इतिहासमा निकिता पहिलो महिला अध्यक्ष हुन्।

फिल्म निर्माता उद्धव पौड्यालको छोरी हुन्, निकिता। निकिता अहिले गोपीकृष्ण हल सञ्चालकको रुपमा चिनन्छिन्। उनी फिल्म निर्मात्री पनि हुन्। फिल्म निर्माणमा सक्रिय निकिताले निर्माण गरेको फिल्म पर्व केही समय पहिला रिलिज भएको थियो।

प्रतिक्रिया दिनुहोस्