संखुवासभाको मतगणनामा कांग्रेसको अवरोध



संखुवासभा । दोस्रो चरणमा चुनाव भएका अधिकांश ठाउँको नतिजा आइसके पनि कांग्रेसले मतगणनामा अवरोध गरेका कारण पहिलो चरणमा मंसिर १० गते नै चुनाव भएको संखुवासभाको निर्वाचन परिणाम आउन सकेको छैन । मतगणनामा पटक पटक अवरोध गरेको कांग्रेसले सोमबार बिहान फेरि पनि मतगणनामा अवरोध गरेको छ ।

आइतबार राती १० वजे सर्वदलीय निर्णयका आधारमा तय गरिएको आचार संहिता अनुरुप मतगणना अघि बढाउन सहमति भए पनि कांग्रेसका प्रतिनिधिले मतगणना अवरोध गर्न कहिले वदर मत सबै गणना गर्नु पर्ने त कहिले गणना भइसकेका सवै मत पुन गणना गर्नुपर्ने माग राख्दै आएको छ ।

आफूले अग्रता लिने अपेक्षा गरिएका मतदान केन्द्रबाट अपेक्षा गरे अनुरुप मत नआएको भन्दै गणना नै अवरोध गर्ने नीति कांग्रेसले अपनाएको हो । आइतबार रातीबाट तेस्रो पटक मतगणना रोकिएपछि सोमबार बिहान कांग्रेसका प्रतिनिधि मतगणनास्थलमै अनुपस्थित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि संखुवासभामा खसेको ६९२४७ मत मध्ये ६० हजार भन्दा बढी मत गणना भइसकेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार एमालेका उम्मेदवार राजेन्द्र गौतम ८ सय मतले अगाडि छन् । अव करिव ८ हजार मतगणना बाँकी रहेका बेला कांग्रेसले मतगणना अवरोध गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्