लमजुङमा समानुपातिकतर्फको मत गणनाको पछिल्लो मतपरिणाम



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा समानुपातिकतर्फको मत गणना सुरु भएको छ । प्ररम्भिक नतिजा अनुसार प्रतिनिधि सभातर्फ ६७८ मत गणना भएको छ । त्यसमध्ये ९० मत बदर भएको छ ।

त्यसमा एमालेले ३६९, काँग्रेसले १२४ र माओवादी केन्द्रले ५९ मत पाएको छन् । त्यस्तै, प्रदेश तर्फ सूर्यमा ३ सय, रुखमा ११२ र हँसिया हथौडामा ९७ मत प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले दिनुभयो ।

लमजुङमा प्रतिनिधिसभा कुल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेकोमा ६६ दशमलव ९७ प्रतिशत अर्थात ७७ हजार ३ सय ४० मतदान भएको छ ।

प्रतिक्रिया दिनुहोस्