करोडौंको बिटक्वाइन चोरी



ल्युब्ल्जना, (एजेन्सी)
भच्र्युयल करेन्सीका रूपमा चर्चामा रहेको बिटक्वाइन ह्याकर्सहरूबाट चोरी भएको छ। ४ हजार ७ सय भन्दा धेरै बिटक्वाइन चोरी भएको घटनामा कोको ह्याकर्स संलग्न छन्, थाहा हुन नसकेको बिटक्वाइन प्रबन्धक मार्को कोबालले जानकारी दिएका छन्। यस बिटक्वाइनको सुरक्षालाई लिएर आशंका शुरू भएको छ। ह्याकर्सले हात पार्न सफल उक्त बिटक्वाइनको बजार मूल्य ८ करोड अमेरिकी डलर रहेको छ। सन् २००९ मा शुरू भएको भच्र्युअल करेन्सीको चोरीलाई करिब असम्भव मानिएको थियो। ह्याकर्सले किनबेच भइरहेको बेला केही घण्टा कम्प्युटर प्रणालीमा नियन्त्रण गरेको र उनीहरू युरोपबाहिरका भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्