म्यानमारका प्रधानसेनापति नेपालमा



नेपाल समाचारपत्र
काठमाडौ
म्यानमारका प्रधानसेनापति मिनआङ हाल्इङ चार दिने भ्रमणका क्रममा आइतबार काठमाडौं आईपुग्नु भएको छ। प्रधानसेनापति हाल्इङ लाई बलाध्यक्ष रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो।

उहाँले आइतबार नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु भएको थियो भने उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उहाँले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु भएको थियो। भेटवार्तामा उहाँहरू बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो।

उतm भेटवार्ता पछि छुट्टै कार्यक्रममा उहाँलाई सशस्त्र द्वन्द्व पश्चात् तत्कालिन लडाकुहरूको नेपाली सेनामा भएको सफल समायोजन सहितको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा पुर्याएको योगदान तथा यसबाट सिकिएको पाठहरू र नेपाली सेनाले संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापना कार्यमा पुर्याएको योगदान एवं सो को अनुभव सम्बन्धी विषयहरूमा जानकारी समेत गराईएको थियो।

प्रतिक्रिया दिनुहोस्